Logo

पाइपलाइनमा साढे ६ अर्बको आईपीओ



काठमाडौं, मंसिर २२ । सेयरको दोस्रो बजार लगातार ओरालो लागेर लगानीकर्ता हतोत्साही मानसिकतामा पुगेका बेला साढे ६ अर्बभन्दा बढी मूल्यको सेयर निष्काशनका लागि पाइपलाइनमा छ। नेपाल धितोपत्र बोर्डमा ६ अर्ब ५४ करोड १६ लाख ७३ हजार ६ सय रुपैयाँ बराबरको सेयर र म्युचुअल फन्डका इकाइ निस्काशनका लागि स्वीकृति माग्दै विभिन्न कम्पनीले निवेदन दिएका छन्।

वित्तीय प्रणालीमा लगानीयोग्य पुँजी अभाव चुलिएपछि सेयर बजारमा निरन्तर गिरावट देखिएको छ। यस्तो बेला ४ अर्ब ४० करोडभन्दा बढीको प्राथमिक सेयर निष्काशन आईपीओ पाइपलाइनमा छ। साढे ३३ करोडको आईपीओ जारी गर्न बोर्डले स्वीकृति दिइसकेको छ। थप १ अर्ब ८० करोड बराबरको सामुहिक लगानी कोष बिक्री गर्ने तयारी भएको छ।अन्नपूर्ण पोस्ट्बाट



प्रतिक्रिया दिनुहोस्