Logo

परिषद्को केन्द्रीय कार्यकारिणी



मोहन श्रेष्ठ । काठमाडौँ, २२ मंसिर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक मंसिर १९, २० र २१ गते दाङको घोराहीमा सम्पन्न भएको छ । दाङमा सम्पन्न भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले राष्ट्रिय महत्वका प्रस्तावहरू पारित गरेको छ । परिषद् स्थापनाको २५ औं बर्षमा प्रवेश गरेको बर्षलाई रजत जयन्ती बर्षका रुपमा मनाउने निर्णय गरेको परिषद्का राष्ट्रिय महासचिव सुरेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन् ।

रजत बर्षलाई विशेष बर्षका रुपमा मनाउन विभिन्न रचनात्मक कार्यक्रमहरु गर्ने परिषद्ले निर्णय गरेको छ । राष्ट्रिय भावना जगाउनका लागि ‘एक संकल्प, राष्ट्रका लागि’ भन्ने मुल मर्मका साथ राष्ट्रिय कार्यक्रम गर्ने निर्णय गरेको महासचिव भट्टले जानकारी दिएका छन् । यसैगरी रजत जयन्ती स्वागतका लागि परिषद्को स्थापना दिवसका अवसर पारेर यहि मंसिर २४ गते देशका २५ प्रमुख स्थानमा एकसाथ रक्तदान गर्ने निर्णय गरेको छ । त्यसका लागि महासचिव सुरेन्द्र प्रसाद भट्टको संयोजकत्वमा २५ सदस्य रजत जयन्ती बर्ष राष्ट्रिय समन्वय समिति गठन गरिएको छ ।

मंसिर २५ गतेदेखि पुस महिनाभर महिला सुरक्षा र सम्मानका लागि विशेष अभियान ‘मिसन साहसी’ अभियान देशभर सञ्चालन गर्ने निर्णय परिषद्ले निर्णय गरेको छ । महिलाहरुमाथि विभिन्न हिंसाका घट्नाहरु बढि रहेको समयमा कसरी आफ्नो सुरक्षा गर्न सकिन्छ भनेर आत्मबल बढाउने गरि सीप सिकाइने महासचिव भट्टले जानकारी गराएका हुन् । बैठकले शिक्षालाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्ने भन्दै विभिन्न विश्वविद्यालयमा हुने राजनीतिक नियुक्तिको अन्त्य गर्दै योग्य, इमान्दार र क्षमतावान व्यक्तिलाई नियुक्त गर्नुपर्ने माग गरेको छ । साथै बैठकले पारित गरेका शिक्षा सम्बन्धि सुझावहरु सरकारलाई बुझाउने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्