Logo

‘नेपाली माटो सुहाउँदो चलचित्रको खाँचो छ’



उज्जल धमला “बिबस” : हाम्रो मान हाम्रो शान भनेको नेपाली गीत–सङ्गित एबंम चलचित्र हो । बिश्वसामु हामीलाई चिनाउनपनि नेपाली गित सङ्गित एवम् चलचित्रले महत्वपुर्ण भूमिका खेलिरहेको हुन्छ । यसको उत्थान र प्रबर्द्धन गर्न के गर्नुपर्ला भनेर सबै तहबाट सोच्न आबश्यक छ ।

सबैले नेपाली गितसङ्गित र चलचित्रलाई माया गर्नुपर्छ। निर्माण पक्षले पनि बेलैमा सोच्नुपर्छ । दर्शकको चाहना के हो ? कस्तो स्वाद दर्शकले मन पराउँछन। जस्तो मन लाग्यो, त्यस्तै बनाएर दर्शकलाई दिक्क बनाउनु हुँदैन् । पैसाको भरमा नेपाली गीत सङ्गित चलचित्रहरु बनाउनेभन्दा पनि ज्ञान र सीपको आधारमा निर्माण गरिनुपर्दछ । चामल भनेको कनिका बेच्ने काम निर्माताहरुले गर्नुहुँदैन ।

दर्शकलाई ढाँट्यो भने भबिष्यमा आफैंलाई असर पर्छ । एकपटक त नेपाली गीतसङ्गित चलचित्रहरु हेर्नैपर्छ है भन्ने दर्शकमा पार्न सक्नुपर्छ । विकसित मुलुकमा एउटा फिल्म बनाउन ठुलो रकम खर्च गरिन्छ । उनीहरुको बजारपनि ठुलो हुन्छ । तर, हाम्रोमा त्यो सम्भब छैन । लगानी पनि सानो छ । यसैमा सफल बनाउन सकियो भनेमात्र सफलता मान्न सकिन्छ । कसरी बिश्वसामु उत्कृष्ट बनाउने भनेर सबै लाग्नुपर्छ । हामी राष्ट्रियता को कुरा गरेर थाक्नुहुँदैन । तर राष्ट्रप्रति समर्पित बन्न सकेको भने छैन। किनकी सफल बन्न कलाकारहरु मात्र भएर पुग्दैन।

पर्दा पछाडिका कलाकारहरुको पनि ठुलो हात हुन्छ । सफल बन्न कथा, पटकथा, नृत्य द्वन्द ,गितसङ्गित ,शृङ्गार निर्देशकदेखी प्रोड्युसरको क्षमतामा पनि भरपर्छ । अहिले राजधानीलगायत देशैभरमा एक बर्षमा एकपटकमात्र निर्माण हुने, नेपाली गीत–सङ्गित एबंम चलचित्रहरुले दर्शकको मन जित्न सकेको छ । बरु, बर्षमा एकपटक मात्र निर्माण हुने नेपाली लोक सङ्गित एबंम चलचित्र बनाउने हो भने नेपाली रुपैयाँ बिदेश जाँदैन् ।

सबै कलाकार तथा निर्माता निर्देशकहरुले सोच्नुपर्ने बेला आएको छ । सधै एउटा आडम्बरी कथाबस्तु पस्केरमात्र हुँदैन् । वर्तमान समयमा देशको भु–भाग राजनैतिक खिचातानीलाई मात्र नभई गाउँका ती उकाली ओराली, मेलापात र भन्ज्याङ अनि चौतारीको समस्याकोसमेत आफ्नो बिषयबस्तु ठानेर नेपाली गीत सङ्गित एबंम चलचित्रमा उजागर गर्नसकेमा पक्कैनी नेपाली गीत सङ्गित एबंम चलचित्रले नयाँ उचाई कायम गर्न सकिएला । जय गीत । जय सङ्गित !!



प्रतिक्रिया दिनुहोस्