Logo

फुटसल खेलेपछि केही मिनेटमै रसाइलीको मूत्यु



काठमाण्डौँ २२ मंसिर । नेपाली फुटसल खेलाडी कर्फु रसाइलीको खेलको क्रममा निधन भएको छ । शनिकार फुटसल खेल पछि ह्दयघातको कारण निधन भएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनको निधन भएको पुष्टि गरेको छ । उनले एन्फाबाट ए डिभिजन तथा बी डिभिजन लिगहरु समेत खेलाका थिए । निरन्तर फुटसल खेल्दै आएको कर्फुले शनिबार फुटसलको क्वाटरफइनल खेलेपछि ह्दयघात भएको थियो ।

केहिबेर पछि उनलाई अस्पताल लगिएको थियो । अस्पताल लैजाने क्रममै उनको निधन भएको जनाइएको छ । रसाइलीले उमेर समूहबाट अन्तर्राष्ट्रिय खेल समेत खेलेका थिए ।



प्रतिक्रिया दिनुहोस्