Logo

आमिर खानको यी अबतार



बलिउडका सुपरस्टार मिस्टर पर्फेकसनिस्ट अमिर खानको नयाँ अवतारले चर्चा बटुलेको छ । यस पटक उनी सरदारको भेषमा देखिएका छन् । उनी लाल सिंह चढ्ढा लामो दारी र कपालको भेषमा देखा पर्ने छन् । फिल्ममा आमिरले करिना कपुर सँग भूमिका खेल्ने छन् ।

लाल सिंह चड्‍ढा हलिउड फिल्म फरेस्ट गम्पुको आधिकारिक हिन्दी पुर्ननिर्माण हो । फिल्ममा जीवनमा सफलता पाउन दिमागी हालत ठिक हुनै पर्ने छैन् भन्ने देखाइएको छ । दिमागी हालत ठिक नभए पनि उनी एतिहासिक पुरुष बन्न सफल भएको देखाउनेछ ।

हलिउड फिल्म फरेस्ट गम्पले दर्जनौ ओस्कर नोमिनेसन पाउनुका साथै ओस्कर अर्वाड पनि जितेको थियो । हिन्दी रिमेकमा आमिर खान टोम हैंक्सको भूमिकामा देखापर्ने छन् । यो फिल्म रिलिस हुनु भन्दा अगाडी नै चर्चा बटुल्न सफल भएको छ । यो फिल्मले राम्रो प्रदर्शन गर्ने जनाइएको छ । यो फिल्म २५ डिसेम्बर २०२० मा रिलिस हुनेछ ।

यसअघि आमिरले पी के, ३ इडीयट र गजिनी जस्ता फिल्ममा फरक फरक अबतारमा देखिएका छन् । उनी आफ्नो फिल्म प्रति निकै गम्भीर हुने गर्दछन् ।



प्रतिक्रिया दिनुहोस्