Logo

शेखर कोइरालामाथि खनिए मोहन बस्नेत, लगाए गम्भिर आरोप (भिडियोसहित)



काठमाडौं, २२ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले देउवाको विरोध गर्नेको कडा आलोचना गरेका छन् । प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले देउवाविरोधीको कडा आलोचना गरेका हुन् ।

बस्नेतले यही मंसिर २६ गते बस्दै गरेको बैठकको एजेन्डा पनि सुनाएका छन् । उनकाअनुसार उक्त बैठकको मुख्य एजेन्डा भनेको भर्खरै सम्पन्न उपनिर्वाचनको समीक्षा र पार्टीका भ्रातृ र शुभेच्छुक संघ संस्थाको अधिवेशनका सम्बन्धमा छलफल गर्ने हो ।

शेरबहादुर देउवा सभापति भएपछि पार्टी लथालिंग भयो भनेर डा। शेखर कोइरालाले भन्नुभयो नि रु भनेर पत्रकार ऋषि धमलाले सोधेको प्रश्नमा उनले भने,‘डा। शेखर कोइरालाको पार्टीभित्र कुनै लगानी नै छैन । लामो समय जोगिर खाएको बसेको मान्छे । अहिले उहाँलाई सभापति हुने रहर छ । अनि शेरबहादुर देउवालाई गाली गर्ने शिवाय उहाँको ड्युटिनै छैन । प्रजातान्त्रिक पार्टीमा यस्ता कुराहरु राख्न पाइन्छ ।’

उनले आगामी पार्टीको महाधिवेशनमा पनि वर्तमान सभापति देउवा नै सभापति बन्ने दाबी गरे । उनले भने,‘अबको सभापति पनि देउवाजी नै हो । उहाँभन्दा राम्रो मान्छे हाम्रो पार्टीमा अरु कोही पनि छैन् । उहाँले नै हो पार्टीलाई यो उचाईमा ल्याउनुभएको ।



प्रतिक्रिया दिनुहोस्