Logo

विवादमा परेपछि चापागाउँ वृत्तका डिएसपी तानिए



ललितपुर, २२ मंसिर । विवादमा परेपछि महानगरीय प्रहरी वृत्त चापागाउँका इञ्चार्ज रामकृष्ण सापकोटा तानिएका छन् । उनलाई ट्राफिक महाशाखामा पठाइएको छ ।

प्रहरी प्रधान कार्यालयले उनलाई फेरेको हो । सापकोटामाथि क्रसर र प्लटिङमा कमिशन लिएको विषय आएको थियो । उनीमाथि खसीको नाममा दशैं र तिहारमा क्रसर व्यवसायीसँग पैसा उठाएको आरोप समेत लागेको थियो ।

सापकोटा विवादमा परेपछि समय नपुगी तानिएका हुन् । उनी एक वर्ष चापागाउँमा नबस्दै तानिएका हुन् । चापागाउँ वृत्तमा कृष्णराज ओझालाई खटाइएको छ ।

यसैगरी, अछामका जनकबहादुर शाहीलाई सुरक्षा व्यवस्थापन निर्देशनालयमा तानिएको छ । प्रहरी प्रधान कार्यालयमा कार्यरत दीपक भारतीलाई अछाम खटाइएको छ ।



प्रतिक्रिया दिनुहोस्