Logo

सागमा आएका श्रीलंकाली खेलाडीलाई डेंगु



काठमाडौं, २२ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) खेल्न आएका श्रीलंकाका ६ एथ्लेटिक्स खेलाडीलाई डेंगु लागेको छ । एथ्लेटिक्समा प्रतिस्पर्धा गर्न काठमाडौं आएका खेलाडीहरुलाई डेंगु लागेको भेटिएको हो ।

बिरामी भएका छ खेलाडीलाई त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटलमा भर्ना गरि उपचार भइरहेको र त्यसमध्येका दुई खेलाडीलाई अस्पतालबाट डिस्चार्ज गरिएको बुझिएको छ । अरु चार खेलाडीलाई केही दिनमा डिस्चार्ज गरिने सागको स्वास्थ्य समितिका संयोजक अजय राणाले जनाएको छ । श्रीलंकाका प्रतिनिधिले बिरामीको विवरण गोप्य राखेको छ ।

श्रीलंकाका ६ खेलाडीलाई नेपाल आएको भोलीपल्टै डेंगु लागेको थियो । सबै खेलाडी चाडै डिस्चार्ज गरिने जनाइएको छ । डिस्चार्ज भएका दुई खेलाडी अझै कमजोर भएको कारण खेल्न नसक्ने बुझिएको छ ।

श्रीलंकाका प्रतिनिधिले उपचार खर्च ब्यहोर्न माग समेत गरेका छन् । आईतबार बिहान सात देशका सेभ द मिसनको बैठक बसेको थियो । उक्त बैठकमा श्रीलंकाली प्रतिनिधिले आफ्ना ६ जना खेलाडी डेंगु लागेर हस्पिटलमा उपचार गराएको जानकारी गराएका थिए । श्रीलंकाले आफ्ना खेलाडीको उपचार खर्च ब्यहोर्न नेपाल समक्ष माग समेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्