Logo

नेपाल र बंगलादेशको खेल सुरु (भिडियोसहित)



काठमाडौं, २२ मंसिर । काठमाडौंमा जारी १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबल अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल र बंगलादेशबीचको खेल सुरु भएको छ । साँझ ५ बजेबाट खेल सुरु भएको हो ।

https://youtu.be/Hw_HTiDDKb4

मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले माल्दिभ्ससँग शनिबार खेलेको टिमलाई नै आज मैदानमा उतारेका छन् । नेपालको लागि यस खेल निकै महत्वपूर्ण रहेको छ । नेपाललाई फाइनल पुग्न जित वा बराबरीको आवश्यकता रहेको छ । पराजित भए नेपाल स्वर्ण सम्भावनाबाट बाहिरिने छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्