Logo

छाला कोमल र सदावहार बनाउने घरेलु तरिका



मल्टिस्टेप अनुहारको उपचारले तपाईको छाला सफा गर्छ । यसले छालालाई चम्किलो बनाउनुको साथै जवान देखाई पोषण पनि दिन्छ । धेरै खर्च हुने र व्यस्तताको कारण व्यटिपार्लर जान सकिरहेको हुँदैनौ त्यो समयमा यो विधी धेरै प्रभावकारी हुन्छ । केही विधिद्धारा तपाई घरमा नै बसेर पनि आफ्नो सौन्दर्य बढाउन सक्नु हुन्छ ।

छाला क्लिजिंग

अनुहार सफा गरेपछि फोहोर र तेल भएको ठाँउ खाली हुन्छ र उपचार गर्न बल्ल तयार हुन्छ । तैलिय छालाको लागि तेल फ्रि र सुख्खा छालाको लागी हल्का फोमिंग क्लििजंग प्रयोग गर्नुहोस् । मनतातो पानीबाट अनुहार सफा गर्नुहोस्, त्यसपछि क्लीन्जर अनुहारमा माथीपट्टि गोलाकार गतिमा लगाउनुहोस् । पछि चीसो पानीले अनुहार धुनुहोस् ।

मृत छाला हटाउने

मृत छालालाई हटाउन छालालाई नक्कल गरेर गरिन्छ । अनुहार र घाँटीमा अनुहार स्क्रब लगाउनु होस्, त्यसपछि गोलाकार गतिमा गोलाकार हातले मालिस गर्नुहोस् । तैलिय छालामा स्क्रबको साथमा मास्क पनि प्रयोग गर्न सकिन्छ । नरिवल र कफि स्क्रबहरु सुख्खा छालाको लागि उत्तम हुन । राम्रोसंग स्क्रबिंग गरेपछि मनतातो पानीले अनुहार धुनुहोस् । फोहोरलाई लामो समयको लागी छाला र नाकको भागमा स्क्रबिंगद्धारा हटाउन सकिन्छ ।

अनुहारको मसाज

मसाजले छालाको रत्तसंचार बढाउछ र मांशपेशी बलियो बढाउँछ । यस्ले छाला कडा र उज्यालो बनाउछ । क्रिमको साथमा निधारको मालिस गर्नुपर्छ । नाक,गाला, ओठ, घाँटी र चिउडो मसाजको लागि औलाहरु मात्र माथिल्लो गतिमा प्रयोग गर्नुहोस् । यसरी मसाज गरेपछि तपाईको अनुहार उठाँउछ र स्टिमले सफा गर्नु पर्छ । यसल डन्डिफोरलाई कम गर्छ । यसको लागी ठुलो भाडोमा तातो पानी राखेर तौलियाले ५ देखि १० मिनेट राख्नुहोस् र स्टीम गर्नुहोस् ।

फेस मास्क लगाउने

तपाइको समस्या अनुसार मास्क लगाउन सक्नु हुनेछ । केरा र मह सुख्खा छालाको लागी राम्रो हुन्छ । तैलिय छालालाई एवोकाडोको प्रयोग अत्यधिक राम्रो हुन्छ । १५ मिनेट अनुहारमा मास्क राख्नुहोस्, यसैबीचमा फ्रिजमा राखेको चिसो स्लाइस आखामा राख्नुहोस् ।

टोनरको प्रयोग

टोनर पिम्पल छालाको लागी धरै फाइदाजनक छ । यसले छालाको प्वालहरु सफा र बन्द गर्छ, यसले छालामा फोहोर बस्न दिदैन । एउटा कटनको प्याड लिनुहोस् र यसमा थोरै टोनर हाल्नुहोस् । स्टीमको समयमा खोलिएका प्वालहरु टोनरले सफा गरेर कडा बनाउँछ, टोनर विस्तारै सबै अनुहारमा लगाएर सुक्न दिनुहोस् । अन्त्यमा अनुहार राम्रोसंग मालिस गर्नुहोस् । स्टीमको कारण अनुहार सुख्खा हुन्छ । Photo Source : Stylecraze



प्रतिक्रिया दिनुहोस्