Logo

शारीरिक व्यायामले शरीरको लम्बाई बढाउछ



उमेर बढ्दै गएपछि मानिसको शरीर बढ्नबाट रोकिन्छ । तर, दैनिक शारीरिक व्यायाम गर्दा रोकिएको विकास पनि बृद्धि हुन्छ । केहि यस्ता लाभदायक व्यायामहरुको बारेमा जानौँ :

डोरी वा बास्केटबल

डोरी लम्वाई बढाउने सबै भन्दा उत्तम तरिका हो । यसले शरीरमा रगत प्रवाह सहि तरिकाले गर्छ भने शरीरको लामो हड्डीहरुमा दबाब बढाउछ । बास्केटबल खेल्दा पनि शरीरको लम्बाई वृद्धि हुन्छ ।

पौडी

पौडी खेल्दा शरीर सबैभन्दा तन्काइएको हुन्छ जुन शरीरको बृद्धिको लागी सबैभन्दा महत्वपुर्ण कारक तत्व हो । दैनिक २ घण्टा पौडी खेल्दा तपाईँको हद सम्मको लम्बाइ बढ्न सहयोग पु¥याउँछ ।

कोब्रा तान्ने

यसको लागी भुइमा सुत्नुहोस र हड्डिहरुले भुइ छुनुहोस । हातहरु तपाईको पेटको भागको नजिक हुनुपर्छ । त्यसपछि शरीरको अगाडी भाग विपरित दिशामा तान्नुहोस् । यसलाई कम्तिमा ३ देखि ५ पटक दोहो¥याउनु होस ।

बसेर अगाडी मोड्नुहोस

भुइमा बसेर दुबै खुट्टालाई एकै लाइन राख्नुहोस । यसपछि दुवै हातहरु माथी राख्नुहोस् यसपछि दुवै औला समात्ने प्रयास गर्नुहोस्, यो शरीर लचकताको लागी पनि राम्रो साबित हुनेछ ।



प्रतिक्रिया दिनुहोस्