Logo

रक्तचाप कसरी बढ्छ (रोकथामको उपायसहित)



मुटुले रगत पम्प गरी शरीरभरी पठाँउदछ । मुटुबाट बाहिरीने र भित्र पस्ने रगतद्धारा रक्तनलिमा परेको चापलाई रक्तचाप भनिन्छ । सन्तुलित रक्तचाप स्वस्थ्य जीवनको प्रमुख आधार मानिन्छ । सामान्य रक्तचाप भनेको १२०-८० हो । १८ वर्षभन्दा माथिका मानिसमा यदि माथिल्लो ब्लड प्रेसर १४० वा त्यसभन्दा बढी र तल्लो ब्लड प्रेसर ९० वा त्यसभन्दा बढी पुगे उच्च रक्तचाप मानिन्छ ।

अधिकांश मानिस बढ्दो उमेरसँगै उच्च रक्तचापको समस्या पनि हुने गरेको छ ।

लक्षण

  • कुनै मानिसमा लक्षण नै नदेखिने कारण नै थाहा नभई बिरामीको मृत्यु हुने हुँदा साइलेन्ट किलर पनि भनिन्छ ।
  • टाउको दुख्ने
  • नाकबाट रगत बग्ने
  • चक्कर लाग्ने
  • मिर्गौला सम्बन्धि रोग लाग्ने
  • पक्षघात हुने
  • तौल बढ्ने
  • मधुमेह रोग लाग्ने

रोकथाम र व्यवस्थापन

  • जीवनशैली परिर्वतन गर्नुहोस्
  • सत्तुलित आहारमा जोडदिने
  • तौल नियन्त्रण गर्ने
  • खानामा नुनको प्रयोग कम गर्ने
  • फलफुल, सागसब्जी र दुध प्रशस्त खाने
  • नियमित शारीरिक व्यायाम गर्ने
  • समयमा नै चिकित्सकसंग परामर्श लिने,
  • नियमित औषधी सेवन गर्ने
  • नियमित स्वास्थ्य जाँच गर्ने


प्रतिक्रिया दिनुहोस्