Logo

भारतमा सबैभन्दा धेरै डिप्रसनका विरामी



धेरै मानिस आफूमा मानसिक समस्या भएपनि लुकाउँछन् । यसबारे कुरा गर्न हिचकिचाउँछन् । जति कुरा लुकाइन्छ त्यति नै समस्या जटिल हुन्छ । हाल डिप्रेसन विश्वको नै चिन्ताको विषय भएको छ । व्यस्त जीवनशैली, तनावका कारण दैनिक विश्वमा ३० लाख यसबाट रोगी भइरहेका छन् । यस मध्येमा पनि भारतमा यसका बिरामी बढी छन् । भारतमा प्रति एक लाख मानिस मध्ये ११ जना डिप्रेसनका कारण आत्महत्या गरिरहेका हुन्छन् । यसरी आत्माहत्याको गर्नेमध्ये अधिकांश ४५ वर्ष भन्दा कम उमेर समूहका छन् ।

विश्व स्वास्थ्य संगठनको अनुसार डिप्रेसनका रोगीमध्ये भारत विश्वभरमा नै अघि छ । चीन दाश्रो र तेश्रो अमेरिकामा डिप्रेसनको विरामी छन् ।

मानसिक समस्या महिलामा बढि

अध्ययनको अनुसार पुरुषको तुलनामा महिलामा २० प्रतिशत बढी जोखिम देखिएको छ । महिलाले घर अफिस दुवै सम्हाल्नु पर्ने कारण, चुरोट रक्सीको कुलत, स्मार्ट फोनको ज्यादा प्रयोग र हर्मोन फेरबदल का कारणले डिप्रेसनमा बिरामी बढेका छन् ।

१४ वर्ष कम उमेरमा डिप्रेसन

भरतमा १४ वर्ष भन्दा कम उमेरका बच्चामा पनि डिप्रेसन भएको तथ्य आएको छ । यो समस्यामा बालबालिका दुबै समूहका छन् ।

कारण

  • तनाब
  • पारिवारिक कलह
  • पढाई
  • प्रतिस्पर्धा
  • परिवर्तित समाज

लक्षण

  • कसैसंग बोल्न मन नलाग्नु
  • टाउको हल्का दुख्ने
  • बिर्सनु
  • एठन हुनु
  • मुड बदलिरहनु
  • शरीर थाकेको जस्तो हुनु
  • उदास हुनु
  • खाना नखाने वा धेरै खाने
  • काम गर्न मन नलाग्नु
  • मर्न मन लाग्नु
  • मनमा अपराध बोध हुनु
  • कुलतमा जान मन लाग्नु

कसरी बच्ने त ?

  • योगा
  • परिवार र साथीभाइसंग भेटघाट बढाएर
  • दैनिक मर्निङवार्क निस्कने
  • शारीरिक अभ्यास गर्ने
  • सकरात्मक सोच्ने
  • धुम्रपान देखि टाढा रहने
  • स्वथ्य भोजन गर्ने Photo Source : Hosting Duty


प्रतिक्रिया दिनुहोस्