Logo

बंगलादेशलाई १-० गोल अन्तरले पराजित गर्दै नेपाल फुटबलको फाइनलमा (फोटोफिचर)



काठमाडौं, २२ मंसिर । नेपालले बँगलादेशलाई पराजित गर्दै १३ औं दक्षिण एशियाली खेलकुद (साग )अन्र्तगत फुटबलको फाइनलमा स्थान पक्का गरेको छ । आइतबार साँझ दशरथ रंगशालामा भएको खेलमा नेपालले बँगलादेशलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

खेलको पहिलो हाफको ११ औं मिनेटमा सुनिल बलले गोल गर्दै टोलीलाई जित दिलाएका हुन् । सुजल श्रेष्ठको पासमा बलले गोल गरेका हुन् । निकै प्रतिष्पर्धात्मक खेलमा नेपालले गोल गर्ने केही मौका गुमायो ।

दुवै टोलीले गोलका अवसर सृजना गरेपनि सफलता हासिल गर्न सकेनन् । घरेलु दर्शकले दशरथ रंगशाला खचाखच हुँदा खेलाडीहरु उत्साही भएका थिए । खेलको अन्ततिर तनाव बढेको थियो ।

बंगलादेशी खेलाडी जमालले रेडकार्ड पाएपछि तनाव भएको हो । खेलमा बँगलादेशी खेलाडी निकै तनावमा देखिएका थिए । फाइनलमा नेपालले भुटानसँग खेल्नेछ । भुटान पहिलोपटक साग फुटबल फाइनमा पुगेको हो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्