Logo

वामदेव गौतम प्रधानमन्त्री बन्न सक्नुहुन्न-मणि थापा, नेता नेकपा



काठमाडौं, २२ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका नेता मणि थापासँग भूमिगत हुँदै मूलधारको राजनीतिको लामो आरोह अवरोह छ । नेकपा अध्यक्ष प्रचण्डका निकट थापासँग ऋषि धमलाले गरेको कुराकानीः
देशको राजनीति कतातिर जाँदै छ ?
दिनप्रतिदिन समस्याहरु थपिँदै छन् । देशको परिस्थिति सोचेको जस्तो भएको छैन । त्यसैले सबै राजनीतिक दलहरुसँग सहमति गरेरै राजनीति कोर्सलाई अगाडि बढाउनुपर्छ जस्तो लाग्छ ।
सहमतिको कुरा गर्दा राजनीतिक नियुक्ति पनि बाँकी छन्, के होला ?
राजनीतिक पार्टीहरु आफ्नो स्वार्थ केन्द्रित भएकाले जटिलहरु छन् । संविधानसभा संविधान बनिसकेपछि राजनीति भन्दा पनि समृद्धिको  बाटो चाहिरहेका छन् जनताले । प्रधानमन्त्री पनि सहमतिकै सोचमा रहेकाले यी संवैधानिक नियुक्तिहरु पनि सहमतिकै कोर्षबाट  बढ्छ होला ।
नेकपामा प्रचण्डले अध्यक्षको भूमिका पाउँदा पनि कुनै चमत्कार त आएन नि ?
उहाँ हुनेबित्तिकै कुनै चमत्कार भइहाल्ने स्थिति त देखिँदैन । पावर सेयरिङको रुपमा उहाँलाई पार्टीले जिम्मेवारी दिएको छ । प्रधानमन्त्री पनि स्वास्थय लाभ गरेर फर्किनुभएको छ । अब काम सुरु होला ।
प्रचण्डले अध्यक्षको भूमिका पाउँदा पनि सचिवालय बैठक त राख्न सक्नुभएन नि ?
स्थायी कमिटिको बैठक छिट्टै राख्नुपर्छ । साय कमरेड प्रचण्डले त्यही दिशामा सोचिरहनुभएको होला । त्यसको निम्ति पनि दुई अध्यक्षबीच सामान्य सहमति हुनुपर्छ ।
ओलीले सहमति नगरेसम्म उहाँले काम त गर्न सक्नुहुन्न नि ?
कार्य विभाजनको रुपमा त्यसरी गरियो । तर, मुख्य जिम्मेवारी दृष्टिले प्रचण्ड कमरेडकै काँधमा आएकाले उहाँले गम्भीर रुपमा सोचेर अगाडि बढाउनुपर्छ ।
नेकपाको कुरा गर्दा पार्टी र सरकारबीच राम्रो समन्वय हुन्छ ?
अहिले पनि पार्टी र सरकारबीच समझदारी छ भन्ने होइन । तर, पार्टी एकता प्रक्रिया पूर्ण नभएकाले सरकारका कामकारबाहीलाई केही बाधा पारेको छ । तर, पार्टीका सबै अंगहरु बहस, छलफलको माध्यबाट चल्दा जनतका समस्याहरु सरकारसम्म पार्टी पु¥याउने र सरकारले त्यसलाई हल गर्ने काम गर्दा राम्रो हुन्थ्यो ।
वामदेवले म प्रधानमन्त्री हुन्छु भन्नुभएको छ, उहाँलाई तपाईहरुले प्रधानमन्त्री सक्नुहुन्छ ?
उहाँ अहिले सांसद पनि हुनुहुन्न, त्यो स्थितिमा कसरी प्रधानमन्त्री हुनुहोला । तर, उहाँका समहालीनहरु प्रधानमन्त्री भइसकेकाले उहाँले पनि इच्छा राख्ने कुरा जाहेजै देखिन्छ । सांसदै नभइकन कसरी प्रधानमन्त्री हुनुहुन्छ भन्ने प्रश्न उठिरहेको छ ।
उहाँलाई राष्ट्रिय सभामा लान त सहमति भइसकेको रहेछ नि ?
राष्ट्रिय सभामाफर्त प्रधानमन्त्री हुने प्रावधान छैन । कि उहाँको लागि संविधान नै परिवर्तन गर्नुपर्यो ।
वामदेव गौतमलाई प्रधानमन्त्री बनाउनका लागि संविधान संशोधन गर्न सकिँदैन ?
साना–साना इस्युहरुमा बारम्बार संविधान संशोधन गर्न त्यति न्यायिक कुरा होइन । त्यहाँ जनताको अभिमतको प्रश्न पनि हुन्छ । त्यो रहरलाई उहाँले अर्को निर्वाचनसम्म पर्खनुनै राम्रो हुन्छ होला ।
अब केपी ओलाी पाँच वर्षको लागि प्रधानमन्त्री पक्का हुनुभयो, उहाँबाट देशमा विकास समृद्धि कति सम्भव छ ?
विकास समृद्धि त अहिले जुन रफ्तारले गइराखेको यसैलाई नै स्वीकार गर्नुपर्छ । जो आए पनि रातारात चत्कार हुने स्थिति देखिँदेन ।
तपाईंहरुसँग दुई तिहाई मत छ नि किन देखिँदैन ?
विकास र समृद्धि भनेको दुई तिहाईले हुने कुरा होइन । मान्छेका विचार र सोचको कुरा हो । अझै पार्टी र सरकारबीच एकता राम्रोसँग सम्पन्न भइसकेको छैन । दुरीहरु कतै बढ्ने कतै घट्ने भइराखेको छ । ठ्याक्कै दुईवटा पार्टी एक हौं भन्ने स्थिति छैन । धेरै ठाउँमा आ–आफ्नै ठर्राले चलिरहने स्थिति छ । पार्टीभित्र व्यक्ति पिच्छेका कुटहरु छन् । ती गुटहरु पार्टीभन्दा सक्रिय छन् । सत्ता र शक्ति प्राप्त गर्ने भनेर नेताहरु लागेपछि विकास र समृद्धि कसरी हुन्छ । त्यसको लागि त तल्लोतहका जनताको मत बुझ्न्नुपर्छ । सानो घेराको मात्रै कुरा सुन्ने भएपछि दुई तिहाई के सबै सिट एउटैको भए पनि केही हुँदैन । एकल रुपमा हस्तक्षेप गरेर विकास हुँदैन ।
स्थानीय तहका जनप्रतिनिधिहरु सुविधाभोगी भएन ?
बिना संघर्ष चाँडै पार्टी र सत्तामा आएको सानो तत्का छ, त्यस्तो स्वभावको । अधिकांशले जनताको चाहना र भावना अनुसार काम गर्न खोजेका छन् । त्यो नीति र सिद्धान्त अनुसार भएको छैन । गाउँ तहका जनता र नेतालाई विकास भनेको हो भन्ने थाहा छैन । अहिलेका धेरै नेताहरुलाई कसरी चुनाव जित्ने र त्यहाँ आफ्ना मान्छेलाई कसरी जागिर खुवाउने भन्ने छ । यिनीहरुलाई विकासको बारेमा राष्ट्रिय बहस चलाउन आवश्यक छ । अहिलेसम्म स्थानीय जनप्रतिनिधिले बुझेको विकास भनेको बाटो खन्ने, जनताको घरसम्म जाने भन्ने मात्रै बुझेका छन् । यसमा थोरै प्रतिशत मान्छेहरु अर्को चुनावको लागि पैसा जम्मा गर्न लागेका छन् ।
निर्वाचन प्रणाली नै बेठिक हो ?
निर्वाचन प्रणालीलाई सच्याइएन भने पार्टी र सिद्धान्तले होइन । चुनावकै प्रणालीका कारण व्यवस्था खतरा पर्छ । यहाँ हुनेखानेले मात्रै चुनाव जित्छन्, अनि नीतिनिर्माण उनीहरुको हातमा पुग्छ । तिनीहरुले आफू अनुकूल नियम बनाउछन् । चुनावको प्रणालीकै कारणले गणतन्त्र असफलतातिर जाँदैछ ।
जनप्रतिनिधिहरु किन व्यक्तिगत फाइदातिर लागे ?
जनप्रतिनिधिहरुलाई राजनीतिक भनेको जनसेवा हो भन्ने नभएर यो पावर हो भन्ने बुझेका छन् । त्यसैले यस्तो समस्या आएको हो । त्यसकारण पोलिटिकल पार्टीहरुले आफ्ना कार्यकर्ताहरुलाई राजनीति भनेको के भनेर प्रशिक्षण दिनुपर्ने भएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्