Logo

अफगानी नेता अब्दलीको अवतारमा सञ्जय दत्त



बलिउड स्टार सञ्जय दत्त फेरि एकपटक डरलाग्दो अवतारमा देखिएका छन् । चलचित्र पानीपतमा सञ्जय अफगानी नेता अहमद शाह अब्दालीको भूमिका देखिएका हुन् ।

अब्दालीले १८ औं शताब्दीमा भारतमाथि हमला गरेका थिए । उनको फौजसँग भारतीय मराठी फौजको पानीपतमा भिडन्त भएको थियो । सन् १७६१ को लडाईंलाई चलचित्रमा कैद गरिएको छ ।

सञ्जय दत्तले अब्दालीको भूमिका निभाएपछि चासो बढेको छ । अब्दाली अफगानिस्तानीका लागि नायक मानिन्छन् । तर, भारतीयका लागि उनी हस्तक्षेपकारी मानिन्छन् । अब्दालीको भूमिका निभाउन पाउँदा खुशी लागेको भन्दै सञ्जयले ट्वीट गरेका छन् । उनको भूमिका डरलाग्दो देखिन्छ ।-एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्