Logo

सोह्रश्राद्धको बाहुन जस्तै भएः मन्त्री भट्टराई



काठमाडौं, मंसिर २२ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफु सोह्रश्राद्धको बाहुन जस्तै भएको बताएका छन् ।

पर्यटन विकासको नयाँ गन्तव्यस्थलको खोजी गर्ने उद्देश्यले बारबरा फाउण्डेशनले आज काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा मन्त्री भट्टराईले संस्कृती, पर्यटन तथा नागरिक मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि विभिन्न कार्यक्रम, सभा तथा सम्मेलनमा सहभागी हुन भ्याई नभ्याई भएको भन्दै आफुलाई सोह्रश्राद्धको बाहुन जस्तै व्यस्त बनेको बताएका हुन ।

भ्रमण बर्षको पूवार्धको समय भएकाले अहिले पर्यटन प्रर्वद्वन सम्बन्धी कार्यक्रमको चाप आफुले व्यहोर्दे आएको उनको भनार्ई रहेको थियो ।

कार्यक्रममा उनले नेपाल भ्रमण वर्ष २०२० चल्दै गर्दा आगामी दशकलाई पर्यटन प्रवद्र्धनको दशकको घोषणा गरेर अनुसन्धानात्मक दस्तावेज तयार पारी पर्यटन विकासका योजना निर्माण गर्ने र त्यही मुताविक पूर्वाधार विकासमा लाग्ने सरकारी योजना रहेको बताएका थिए ।

भ्रमण वर्षमा पर्यटक मात्रै भित्र्याउने उद्देश्य नरहेका प्रष्ट्याउँदै उनले पर्यटकको बसाइ लम्ब्याउने, खर्च बढाउने र रोजगारी सिर्जना गर्ने तथा आर्थिक समृद्धिमा टेवा पु¥याउनेतर्फ सरकराको ध्यान रहेको जानकारी गराए ।

आगामी १० वर्षमा पर्यटन क्षेत्रको कुल गाह्र्रस्थ उत्पादनमा तीनबाट १० प्रतिशत पु¥याउने सरकारको योजना रहेको जानकारी दिँदै उनले भ्रमण वर्षका क्रममा स्थपित पर्यटकीय गन्तव्य मात्रै नभई नयाँ पर्यटकीय क्षेत्रको विकास र पहिचान गर्न लागिएको उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस्