Logo

भ्रमण वर्षमा मोदी आउने अपेक्षा, उद्घाटन जनवरी १ मा नहुनेः मन्त्री भट्टराई



काठमाडौं, मंसिर २२ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपालको भ्रमण वर्षमा भारतीय प्रधानमन्त्रीको भ्रमण हुने अपेक्षा रहेको बताएका छन्।

गीता ज्ञान–प्रचार सेवा समितिले काठमाडौंको पाशुपत क्षेत्रमा आयोजना गरेको गीता जयन्ती महोत्सवलाई सम्बोधन गर्दै भ्रमण वर्ष २०२० मा नेपालको पशुपतिनाथको दर्शन गर्न आउने अपेक्षा गरेका हुन्। उनले भारत र नेपालको संस्कृति तथा सम्पदाहरु मिल्ने भएकाले पनि भ्रमण वर्षका बेला धार्मिक गुरुहरु तथा राजनीतिक नेताहरुको भ्रमण हुने विश्वास समेत व्यक्त गरे।

जनवरी एकमा विदेशी नयाँ बर्ष परेकाले उक्त दिन बोलाएका पाहुन नआउन सक्ने जनाउदै जनवरी सातमा उद्घाटन गर्ने तयारी भईरहेको पनि उनले बताए ।

पहिले राजधानीको टुडिखेलमा उद्घाटन गर्ने भनिएपनि अव भने दशरथ रंगशालामा गर्ने तयारी रहेको समेत मन्त्री भट्टराईको रहेको छ । ‘भिजिट नेपाल २०२० को उद्घाटन कार्यक्रम दशरथ रंगशालामा ७ तारिखका दिन भव्य रुपमा हुने छ ।’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्