Logo

प्राधिकरणको आँखा दुर्गमका विमानस्थललाई पाखा



काठमाडौं, मंसिर २३ । नेपालमा अन्तर्रा्ष्ट्रिय र आन्तरिक गरी ५५ वटा विमानस्थल छन् । यी विमानस्थलमध्ये १६ वटा बन्द र ६ वटा निर्माणाधीन अवस्थामा रहेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलका अनुसार त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल, विराटनगर, चन्द्रगढी, धनगढी, गौतम बुद्ध, नेपालगन्ज र सिमरा गरी सातवटा विमानस्थलमा रात्रीकालीन सेवा सञ्चालन गर्न सकिन्छ।

अहिलेसम्म चालू अवस्थामा रहेको एक मात्र अन्तर्रा्ष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल हो भने निर्माणाधीन अवस्थामा रहेका पोखरा क्षेत्रीय, निजगढ अन्तर्रा्ष्ट्रिय र गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलमध्ये गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल निकट भविष्यमा सञ्चालनमा आउने बताइएको छ।

उड्डयन प्राधिकरण सन् १९९८ डिसेम्बर ३१ मा स्थापना भएपश्चात् देशभरका विमानस्थलको नियमन गर्दै आएको छ। प्राधिकरणमा १ हजार ६५ दरबन्दी रहेको भए पनि हाल ७ सय ८३ जना कर्मचारी कार्यरत छन्।

प्राधिकरणको स्वीकृत दरबन्दीमा ६ सय ४४ प्राविधिक र १ सय ३९ अप्राविधिक तथा ६ जना पाइलट रहेका छन्। दुर्गम जिल्लाका विमानस्थलमा भने एयर ट्राफिक कन्ट्रोलरबाहेक अन्य कुनै कर्मचारीको दरबन्दी नरहेको पाइएको छ।नेपाल समाचारपत्रबाट



प्रतिक्रिया दिनुहोस्