Logo

मंसिर २५ देखि किम्फ



काठमाडौं, मंसिर २३ । पर्वतीय विषयवस्तुमा आधारित फिल्महरुको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव किम्फ आगामी मंसिर २५ देखि सुरु हुँदैछ। आइतबार राजधानीमा आयोजित कार्यक्रममा आयोजक हिमाल एसोसिएसनले किम्फबारे जानकारी गराएको थियो।

आगामी मंसिर २५ देखि २९ सम्म राजधानीको सभा गृह र नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुने किम्फको १७ औं संस्करणमा २९ देशका ६६ वटा फिल्महरू प्रदर्शन हुँदैछन्। नेपाली पानारोमाअन्तर्गत १४ वटा फिल्महरु प्रदर्शन हुनेछन्। ‘महोत्सवमा नेपाली समाजभित्रको कथावस्तुमा आधारित फिल्महरु प्रदर्शन हुनेछन्,’ महोत्सवका अध्यक्ष बसन्त थापाले भने। महोत्सवमा प्रदर्शन गरिने फिल्महरुमा १७ वटा फिल्म प्रतिस्पर्धात्मक खण्डमा छन् भने ३२ फिल्म गैर–प्रतिस्पर्धात्मक खण्डमा समावेश गरिएका छन्। महोत्सवको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २ लाख, १ लाख ५० हजार र एक लाख रुपैयाँ जित्नेछन्। नेपाल पानोरामाअन्तर्गत उत्कृष्ट हुने कथानक ९फिक्सन० र गैर–कथानक ९ननफिक्सन० फिल्मलाई क्रमशः एक लाख र ७५ हजार रुपैयाँ प्रदान गरिनेछ।



प्रतिक्रिया दिनुहोस्