Logo

‘रक’को बलिउडमा देखिने रहर



मुम्बई, मंसिर २३ । हलिउड अभिनेता डोयन जोनसन ‘रक’ले बलिउड फिल्ममा देखिने इच्छुक भएको बताएका छन्। उनी अभिनित ‘जुमान्जीः द नेक्स्ट लेभल’ फिल्मको प्रचारको क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले बलिउड फिल्ममा देखिन इच्छुक भएको प्रतिक्रिया दिएका थिए।

‘बलिउड एक्सन फिल्ममा काम गर्न इच्छुक छु। कारण बलिउड फिल्म हेर्ने दर्शक धेरै भएकाले यसमा काम गर्नुको बेग्लै मज्जा छ। फेरि मेरा दर्शक भारतमा पनि धेरै भएकाले बलिउड फिल्ममा देखिने सम्भावना छ,’ उनले भने। बलिउड अभिनेत्री प्रियंका चोपडासँग ‘बेवाच’ फिल्ममा काम गरेका उनी ‘रक’ नामकबाट प्रचलित छन्।

उनी अभिनित ‘जुमान्जीः द नेक्स्ट लेभल’ आगामी डिसेम्बर १३ मा रिलिज हुँदैछ। फिल्ममा उनीसहित केविन हार्ट, करेन गिलान, ज्याक ब्लाक र निक जोनासलगायत कलाकारले अभिनय गरेका छन्।एजेन्सी



प्रतिक्रिया दिनुहोस्