Logo

ग्लोबल आईएमई बैंकका शाखा प्रबन्धकको कार दुर्घटनामा मृत्यु



२३ मङ्सिर  : कार दुर्घटना हुँदा ग्लोबल आईएमई बैंक बनगाई शाखाका प्रबन्धकको मृत्यु भएको छ । दुर्घटना पूर्व-पश्चिम राजमार्गको वोर्डगाउँ नजिक भएको हो ।

बा ६ च ६३९० नम्बरको कार सोमबार बिहान ८ बजेतिर दुर्घटना हुँदा कपिलवस्तु नगरपालिका ९ हरनामपुरनिवासी २९ वर्षीय सुरज पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ । कार तीव्र गतिमा रहेका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

कार अनियन्त्रित भइ सडक किनारको बिजुलीको पोलमा ठोक्‍किएको कारण दुर्घटना भएको हो ।कारमा सवार अन्य ५ जना समेत घाइते छन्। घाइतेमध्ये २ जनालाई उपचारका लागि बुटवल लगिएको छ भने अन्य ३ जनाको वाणगंगास्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्