Logo

नेपाल र भुटानबीचको फाईनल खेलको टिकटको मुल्य १ हजार र दुई हजार



काठमाडौं, २३ मंसिर । भोलि हुने नेपाल र भुटानबीचको साग फुटबलको फाईनल खेल हेर्ने दर्शकले एक हजार र दुई हजारको टिकट लिनुपर्ने भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले साग फुटबल फाइनलको टिकट मूल्य दोब्बरले बढाएको छ।

रङ्गशालाकै प्याराफिटमा गएर साग फूटबलको फाईनल हेर्न चाहने दर्शकले अब सामान्य ग्यालरीका लागि एकहजार रुपैयाँ र भिआइपी ग्यालरीका लागि दुई हजार रुपैयाँको टिकट खरिद गर्नुपर्नेछ। यही टिकट प्रयोग गरी दर्शकले सागको समापन समारोह समेत अवलोकन गर्न पाउनेछन्। रङ्गशालामा दर्शको अत्याधिक चापलाई व्यवस्थित गर्न टिकटको मूल्य बढाइएको अनुमान छ। खेल भोलि दिउँसो ३ बजे हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्