Logo

रिङरोडभित्र बिजोर नम्बरको गाडी निषेध



काठमाण्डौँ २३ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)को समापन भोलि हुनेछ । समापनको दिन ट्राफिक व्यवस्थापन मिलाउन ट्राफिक महाशाखाले मंगलबार रिङरोड भित्र जोड नम्बर भएका सवारी साधन मात्रै चल्ने व्यवस्था गरेको जनाइएको छ ।

यस प्रणालीबाट सवारी साधनको न्यूनीकरण र सडकमा चाप कम हुने जनाइएको छ । सागलाई मध्यनजर राखेर ठूला सवारी साधनलाई पनि रिङरोड प्रवेशमा रोक लगाइनेछ ।

सागको उद्घाटन भएको दिन बिजोर नम्बरका सवारीसाधन चलाउन अनुमति ट्राफिक महाशाखाले दिएको थियो । सो व्यवस्था सागको डेलिगेसन कार्ड हुनेहरुलाई लागू नहुने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्