Logo

हरि खड्काले प्रशिक्षकबाट राजीनामा दिए, कारण भारतसँग स्तब्ध



काठमाडौं, २३ मंसिर । हरि खड्काले नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षकबाट राजीनामा दिएका छन् । साग महिला फुटबलको फाइनलमा भारतसँग २-० ले पराजित भएसँगै खड्काले राजीनामाको घोषणा गरेका हुन् ।

पोखरामा भएको फाइनल हारसँगै नेपालले तेस्रो पटक रजतमा चित्त बुझाउनु परेको छ । खेलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै खड्काले भने, ‘गोल्डको टार्गेट लिएर हिँडेको हुँ । यो पुरा गर्न नसक्दा मैले नैतिकताका आधारमा मुख्य प्रशिक्षकबाट राजीनामा दिएको छु ।’



प्रतिक्रिया दिनुहोस्