Logo

माधव नेपाल भेट्न घरमै पुगे भारतीय राजदुत, कारण यस्तो



काठमाडौं, २३ मंसिर । नेपालका लागि भारतीय राजदुत मञ्जिभ सिंह पुरीले नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई भेटेका छन् । नेता नेपालको कोटेश्वरस्थित् निजी निवासमा पुगेर राजदुत पुरीले भेटवार्ता गरेका हुन् । राजदुत पुरी र नेता नेपालबीचको भेटवार्तालाई विशेष महत्वकासाथ हेरिएको छ ।

पछिल्लो समय नेपाल र भारतबीचको सम्बन्ध चिसिएको छ। भारतले आफ्नो आन्तरिक नक्शामा नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुराका भूभाग समावेश गरेपछि भारतविरुद्ध काठमाडौंमा दैनिकजसो विरोध तथा प्रदर्शन भैरहेको छ । नेपाल सरकारले सर्वदलीय र सर्वपक्षीय बैठक बैठकमा पनि भारतले गलत गरेको भन्दै कुटनीतिक सम्वादमार्फ सीमा विवाद समाधान गर्ने निश्कर्ष निकालेको थियो । सरकारलाई सबै दलको साथ र सहयोग रहनेपनि विश्वास व्यक्त भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेता नेपाललाई विशेष दुत बनाएर सीमा विवादको समाधानको लागि कुरा गर्न भारत पठाउन लागेका छन् । नेता नेपालले त्यसको तयारीस्वरुप भारतीय राजदुतलाई भेटेको हुनसक्ने अनुमान गर्न सकिन्छ । तर, यसअघि नेता नेपाललाई भारतीय शीर्ष नेताहरुले भेटको लागि कुनै चासो नदेखाएको समाचार बाहिरिएको थियो । उनले मोदीसँग भेट्न चाहेका छन् ।

हुन त राजदुत पुरी आफ्नो चार वर्षे कार्यकाल समापन गरी यही डिसेम्बरमा स्वदेश फर्किँदैछन् । भेटमा दुई जनाबीच राजदुत पुरीको कार्यकालको बारेमा पनि संक्षिप्त कुराकानी भएको बुझिएको छ । नेता नेपालको सचिवालयले राजदुत पुरी र नेता नेपालबीच नेपाल–भारत द्धिपक्षीय सम्बन्धबारे पनि विशेष कुराकानी भएको जनाएको छ । तस्विर : माधव नेपालको सचिवालय



प्रतिक्रिया दिनुहोस्

Screenshot