Logo

किशोरवस्थामा आउने डन्डीफोर (कारण र उपाय)



सुन्दर हुनु कसको मन हुदैन र ? जति नै राम्रो अनुहार भएपनि डन्डीफोर र त्यसको दाग छ भने नराम्रो देखिन्छ । डन्डीफोर हुने केटा केटीमा आत्मविश्वास पनि कम हुन्छ । किशोरवस्थामा प्राय धेरैको समस्या हुनसक्छ ।

मानव शरीरमा हार्मोनल सन्तुलन नभएका कारण यो समस्या आउछ । यो समस्याको उपचार पनि महत्वपुर्ण मानिन्छ । उपचार पश्चात हार्मोनल सन्तुला कायम गर्नुका साथै दागको पछि समस्या रहँदैन ।

हार्मोन परिर्वतनको कारण शरीरको तेल ग्रन्थीहरु धेरैे सक्रिय हुने गर्छन् र छालालाई बढी तैलीय बनाउँछ र डन्डीफोर आउँछ । किशोरवस्थामा शरीरमा एन्ड्रोजन हार्मोन शुरु हुन्छ त्यसकारण यो उमेरमा बढी डन्डीफोर आउने गर्दछ ।

कारण

  • पेट खराव हुनु
  • छाला फोहोर हुनु
  • भिटामिन ए को कमी
  • चिल्लो पदार्थको सेवन
  • महिनावारी खरावी
  • पेय पद्धार्थको असर
  • सम्भोगको तिव्र चाहाना
  • क्रिमको गलत छनोट
  • हार्मोेन परिवर्तनको कारण किशोरवस्थामा हुने अनुहारहरुमा आउने समस्या बढ्दो उमेरसँगै घट्दै जान्छ । यदि उमेरमा पनि घटेन भने हार्मोन असन्तुलन समस्याको संकेत हुनसक्छ र चिकित्सा उपचार आवश्यक हुन्छ ।

रोकथाम

  • राती सुत्नुअघि तातोपानीले मुख धुने
  • पानीको वाफ लिने
  • सबेरै उठ्ने बानी बसाल्ने
  • सुत्नुअघि जैतुनको तेल वा जाइफल दुधमा घोटेर लगाउने
  • विहानै शौचालय जाने बानी बसाल्ने
  • हातले डन्डीफोर नछुने
  • दिनमा धेरै पटक अनुहार धुने
  • मसलेदार कम खाने


प्रतिक्रिया दिनुहोस्