Logo

नेकपा सचिवालय बैठक सम्पन्न, स्थायी समिति बोलाउने निर्णय



काठमाडौं, २३ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले पार्टीको स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको छ ।

सचिवालय बैठकले यही मंसिर २९ गते स्थायी समिति बैठक बोलाएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार स्थायी समिति बैठकमा महत्वपूर्ण निर्णय गर्ने भएको छ ।

आजको बैठकमा यही मङ्सिर १४ गते सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा पार्टीले विगतमा जितेका कतिपय स्थान गुमाएपछि संस्थागतरुपमा समीक्षा भएको थियो । यसअघि यही मङ्सिर १८ गतेको सचिवालय बैठकले सम्बन्धित जिल्ला र वडा कमिटीलाई समीक्षा प्रतिवेदन दिन निर्देशन दिएकामा सो प्रतिवेदन प्राप्त भएको छ ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्