Logo

अफगानी सुरक्षबलले गरेको कारबाहीमा दुई दर्जन बढी तालिबानी लडाकू मारिए



२३ मङ्सिर ।अफगानिस्तानको पूर्वी प्रान्त वार्दाकको प्रान्तीय राजधानी मैदान सारमा तालिबानी लडाकू विरुद्ध सुरक्षाबलले गरेको कारबाहीको क्रममा कम्तीमा २५ लडाकू मारिएका अफगान गृह मन्त्रालयमा प्रवक्ता नसरत रहिमीले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।

उप गृहमन्त्री जनरल खोशाल सदातले गर्नु भएको निरीक्षणको क्रममा विद्रोहीहरुको मुख्य अखाडा पनि ध्वस्त भएको बताएका रहिमीले जानकारी दिए ।
सो क्षेत्रमा सशस्त्र विद्रोहीहरू रहेसम्म त्यो कारबाही जारी रहनेछ । कारबाहीको क्रममा सुरक्षाकर्मीहरु हताहत भए नभएको भने प्रवक्ताले प्रष्ट गरेका छैनन् ।

काबुलबाट ३५ किलोमिटर पश्चिममा पर्ने वार्दाक प्रान्तको प्रान्तीय राजधानी मैदान सारमा सक्रिय रुहेका तालिबानी आतङ्ककारी समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्