Logo

ओली सरकारको कमजोरी यसरी भयो छताछुल्ल, शशी नेपालको प्रस्तुतिमा सरकारलाई खबरदारी (भिडियो)



काठमाण्डौ । संचारकर्मी शशी नेपालको प्रस्तुतिमा देशमा भइरहेका बेथिती विसंगतिमाथि प्रहार गर्दै तयार पारिएको लोक दोहारी गित सार्वजनिक भएको छ ।

प्राइम टाइम्स टेलिभिजनमा समाचार बाचिकाको रुपमा कार्यरत नेपालले गितकार अविरल विसी र संगितकार खेम सेन्चुरीसँगको सहकार्यमा राष्ट्रियता झल्किने गित तयार पारेकी हुन् । माया, प्रेम, विछोड, सामाजिक परिवेश आदिलाई समावेश गरेर तयार पारिने गरेको सन्दर्भमा आफुले पछिल्लो समय देश र जनतालाई परेको मर्का समावेश गरेको नेपालले बताइन् ।

अन्य कलाकारहरुकोसमेत आवाज समेटिएको गितमा नेपालको सिमा मिचिएको विषय, एनसेललाई कर छुट दिइएको विषय, निर्मला पन्त प्रकरण, वाइडबडी काण्ड, वालुवाटारको जग्गा काण्ड, नेताहरुको गैरजिम्मेवारीपन र विलासी जीवनमाथि कटाक्ष गर्दै सशक्त ढंगले उठान गरिएको छ ।

भ्रष्टाचार, कुशासन र दण्डहिनताको अन्त्य गर्नका लागि प्रेरणा मिलोस् भन्ने उद्धेश्यले गित तयार पारिएको प्रस्तुतकर्ता नेपालले बताइन् । गितको भिडियोसहित सार्वजनिक भएपछि नेपालले भनिन्, “यस्ता सन्देश दिने गितहरु विगतमा पनि नबनेका होइनन्, कतिपय गितलाई त विवादमा पनि ल्याइयो । तर विवादमा ल्याउनुभन्दा पनि मनन गर्नतर्फ ध्यान जाओस भन्ने मेरो चाहना हो ।”

उक्त गित व्यवसायिक प्रयोजनका लागि नभै सन्देश र चेतना फैलाउनका लागि तयार पारिएको नेपालले बताइन् । विसीले लेखेका शब्द यथार्थपरक र देशका लागि थोरै भए पनि योगदान दिने खालका भएकाले गितमा लगानी गर्न आफु तयार भएको नेपालको भनाई छ । धेरै राम्रा राम्रा लोक दोहोरी गितमा लय र संगित दिइसकेका खेम सेन्चुरीले यस गितलाई पनि निकै कलात्मक ढंगले तयार पारेकाले आफु सन्तुष्ट रहेको नेपाल बताउँछिन् ।

यसअघि राष्टिय भावना समावेश गरिएको गितमा मोडलिङ गरिसकेकी नेपालले यसपट आफुसहित अन्य कलाकारको स्वर समावेश गरेर दबाबमुलक गित ल्याएकी हुन् । यसअघि उनले ‘देशको माया’ बोलेको गितमा मोडलिङ गरेकी थिइन् ।

शशी नेपालको साथमा गितकार अविरल विसीसँगै सम्झना भण्डारी, मेक्सम खाती, नरेश खाती, भागिरथ चलाउने, विक्रम परियार, विजय सुनाम र जानकी तारामी मगरको स्वर रहेको छ । साथमा सिमा सारु र सरु आले मगरले पनि स्वरमा साथ दिएका छन३ । भिडियोको निर्देशन विनोद भण्डारीले गरेका हुन् ।

सेन्चुरीको लय र संगितमा सागर विरहीले एरेन्ज गरेका हुन् । माल श्री स्टुडियोमा रेकर्ड गरिएको गितको अडियो मिक्सिङ खड्क बाजुरालीले गरेका हुन् । विरेन्द भट्टको छायाङ्कनलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

आफ्नो गितको टिममा आवद्ध सबैको मिहिनेतले एउटा राम्रो गित तयार भएकोमा खुशी व्यक्त गर्दै प्रस्तुतकर्ता नेपालले सबैलाई धन्यवाद दिएकी छिन् । देश र नागरिकले पाएको समस्या, शाषकवर्गले गर्नुपर्ने तर नगरेका काम देखेर धेरै चिन्ता लागे पनि प्रत्यक्ष रुपमा केही गर्न नसके पनि गितमार्फत खबरदारी गर्ने आफ्नो लक्ष्य रहेको नेपालले बताइन् ।

अब आफ्नो एकल स्वरमा गित निकाल्ने तयारीमा रहेको पनि नेपालले जानकारी दिएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्