Logo

ऊर्जामा लगानी गर्न ईजरायललाई आग्रह



काठमाडौं, २३ मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा, जलविद्युत र सौर्य ऊर्जाका क्षेत्रमा इजरायली लगानीकर्तालाई लगानीका लागी प्रेरित गरिदिन आग्रह गरेका छन् । इजरायली विकास नियोगका प्रमुख गील हसकेलले आज आफूसँग गरेको भेटमा उनले प्रशारण लाइन विस्तार, जलविद्युत र सौर्य ऊर्जाको विकासमा सहकार्य गर्न आग्रह गरे ।

सो अवसरमा मन्त्री पुनले सरकारले पाँच वर्षमा पाँच हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको भन्दै खपतका लागि आन्तरिक र बाह्य बजार तयार रहेको जानकारी गराएका थिए । भेटमा प्रमुख हसकेलले स्मार्ट ग्रीड, पावर स्टेशन र स्मार्ट सोलुशनका क्षेत्रमा काम गर्न इजरायल इच्छुक रहेको बताउनुभएको मन्त्री पुनको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्