Logo

रुसलाई चार वर्ष खेल प्रतिबन्ध



रुसमाथि अबको चार वर्ष कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिबन्ध लागेको छ । विश्व एन्टी डोपिङ एजेन्सीले सोमबार रुसमाथि प्रतिबन्धको निर्णय लिएको हो ।

प्रतिबन्धका कारण रुसले सन् २०२० मा जापानमा हुने ओलम्पिक, सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबललगायत चारवर्षभित्र हुने खेलकुद प्रतियोगिता खेल्न प्रतिबन्ध लागेको छ । विश्व एन्डी डोपिङ एजेन्सीको कार्यसमिति बैठकले रुसमाथि कठोर निर्णय लिएको हो ।

रुसी खेलकुद संस्था योजनावद्ध तरिकाले खेलाडीलाई प्रतिबन्धित औषधी प्रयोगमा लागेको पत्ता लागेपछि छानविनपछि कठोर निर्णय लिइएको हो । अब रुसले २१ दिनभित्र यसबारे अपिल गर्न सक्नेछ ।

रुसी प्रधानमन्त्री डिमिट्रि मेड्भेडेभले यो कदमलाई एन्टी रसिया हिस्टिेरियाको संज्ञा दिएका छन् । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्