Logo

‘हार्ट-अट्याक’ का कारण वडा सदस्यको मृत्यु



तनहुँ, २३ मंसिर । तनहुँको ब्यासनगरपालिका—१० का वडा सदस्य ५३ वर्षीय हेमराज पोख्रेलको आज हृदयघातका कारण मृत्यु भएको छ । वडा कार्यालयको नियमित बैठक बसिरहेको अवस्थामा अचानक बेहोस भएका पोख्रेलको उपचारका लागि दमौली अस्पतालमा पु¥याउने वित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।

“बैठकको उपस्थितमा सबैले हस्ताक्षर गरिसकेपछि विषय वस्तुमा प्रवेश गर्ने तरखर हुँदै थियो”, ब्यासनगरपालिका—१० का वडाध्यक्ष तुलसीराम सापकोटाले भने, “कुर्चीमा बस्नु भएका पोख्रेल अकस्मात बेहोस हुनुभयो ।” “वडा सदस्य पोख्रेल शुरुदेखि नै प्रेसर र दमको समस्या रहेछ”, उनले भने। file



प्रतिक्रिया दिनुहोस्