Logo

विप्लवको विद्यार्थी संगठनका तनहुँ अध्यक्ष रुचाल पक्राउ



तनहुँ, २३ मंसिर । नेत्रविक्रम चन्द निकट मानिने विद्यार्थी भातृ सङ्गठन अखिल क्रान्तिकारी तनहुँकी जिल्ला अध्यक्ष ममता रुचाललाई प्रहरीले आज पक्राउ गरेको छ । सदरमुकाम दमौलीबाट ब्यासनगरपालिका—१ भादगाउँ तर्फ जाँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेकी रुचालमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्