Logo

मन्त्रीहरुलाई प्रधानमन्त्रीको ४५ मिनेट ब्रिफिङ : रिवन काट्न नजाउ, जनताको काम गर



काठमाडौं, २३ मंसिर । आज साँझ बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई कडा निर्देशन दिएका छन् । एपेण्डिसाईसिटसको शल्यक्रियापछि पहिलोपटक प्रधानमन्त्री ओलीले आज मन्त्रिपरिषद बैठक डाकेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले सुरुवातमा आफ्नो पछिल्लो स्वास्थ्यबारे जानकारी गराएका थिए ।

त्यसपछि, प्रधानमन्त्री ओलीले लगातार ४५ मिनेटसम्म मन्त्रीहरुलाई ब्रिफ गरेका थिए । एक मन्त्रीकाअनुसार उनले आफूहरुलाई सार्वजनिक कार्यक्रममा जानुभन्दा जनताको काममा केन्द्रीत हुन निर्देशन दिएको सुनाए । उनले भने,”उहाँले रिवन काट्न वा कुनै कार्यक्रमको उद्धघाट्नमा नजान निर्देशन दिनुभएको छ । त्यतिमात्रै होईन, उहाँले हामीलाई अभिनन्दन गर्न वा हुन जाँदै नजानु भन्नुभएको छ । बरु, त्यसको साटो जनताको काम गर्न निर्देशन दिनुभएको छ ।”

प्रधानमन्त्री ओलीले संघीय संसदअन्तर्गतका संसदीय समितिहरुमा आफ्नो धारणा सशक्त रुपमा राख्न निर्देशन दिएका छन् । फेरि ती मन्त्रीले रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा भने,”उहाँले बरु हामीलाई संसदीय समितिमा आफ्नो कुरा प्रभावकारी रुपमा राख्न आग्रह गर्नुभएको छ । आजको बैठकमा संसदको हिउँदे अधिवेशन बोलाउनेबारे छलफल भएको थियो । तर, यसबारेमा ठोस निर्णय भएन् ।” आजको बैठकमा केही महत्वपूर्ण नियुक्ती भएको पनि बुझिएको छ। file photo



प्रतिक्रिया दिनुहोस्