Logo

२० मिलिसेकेन्डले गौरिकाले स्वर्ण जित्दा…



काठमाडौं, २३ मंसिर । एक सेकेन्डमा एक हजार मिलिसेकेन्ड हुन्छ । सोमबार पौडीको एक सय मिटर फ्रिस्टाइलको छिनोफानो मात्र २० मिलिसेकेन्ड अघिपछिबाट भयो ।

नेपालकी स्टार पौडीवाज गौरिका सिंहले २० मिलिसेकेन्डले भारतकी शिवांगी शर्मालाई पछि पारिन् । विजेताको छिनोफानो निकै कम समयान्तरमा भयो । गौरिकाले ५८.१३ सेकेन्डमा निर्धारित दूरी पार गर्दा शिवांगीले ५८.१५ सेकेन्ड लगाइन् ।

मिलिसेकेन्डको ठूलो महत्व हुने तथ्य गौरिकाले सिद्ध गरिन् । थोरै फरकले रजतमा चित्त बुझाउन पुगेपछि शिवांगी दुखित थिइन् । गौरिकाले चार स्वर्ण जितेर एउटै सागमा चारवटा स्वर्ण जित्ने किर्तिमान बनाएकी छिन् । उनले आइतबार बनाएको किर्तिमान सोमबार तोडेकी हुन् । आइतबार उनको नाममा तीन स्वर्ण पदक थियो ।



प्रतिक्रिया दिनुहोस्