Logo

राष्ट्रियसभा सदस्यको चुनाव माघ ९ मा हुने



काठमाडौं, २३ मंसिर । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यका लागि गर्नुपर्ने चुनावका लागि माघ ९ गते प्रस्ताव गरेपछि सरकारले त्यस अनुसारको निर्णय गर्ने भएको छ । निर्वाचन आयोगका पदाधिकारीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मिति प्रस्ताव गरेका हुन् ।

राष्ट्रियसभामा २० फागुनबाट एक तिहाई सदस्यको कार्यकाल सकिदैछ । त्योभन्दा ३५ दिन अगावै निर्वाचन सम्पन्न गरिसक्नुपर्नेछ । आयोगले सरकारलाई त्यसबारे जानकारी गराएपछि मन्त्रिपरिषदले मितिबारे निर्णय गरेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई लेख्ने बुझिएको छ ।

राष्ट्रियसभाका एक तिहाई सांसदको कार्यकाल फागुन २० बाट सकिदैछ । म्याद सकिनुभन्दा ३५ दिन अगावै माघ १५ भित्र चुनाव भइसक्नुपर्छ ।

२१ फागुनमा राष्ट्रियसभाका एक तिहाइ सदस्यको सपथग्रहण गराउनुपर्ने हुन्छ । ३५ दिन अगाडि नै राष्ट्रियसभाका नयाँ सांसदहरु चुनिइसक्नुपर्छ ।

२० फागुनबाट नेकपाका ९, नेपाली काँग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका एक सांसदको पदावधि सकिदैछ ।



प्रतिक्रिया दिनुहोस्