Logo

जसलाई खुट्टा गुमेको थाहा छैन



काठमाडौँ, २४ मंसिर । सोमबार दिउँसो करिब २ बजेतिर बी एन्ड बी अस्पतालमा पुग्दा बिरामीहरुको निकै चाप थियो । ओपीडी समय चलिरहेको थियो । कोही हात रिपार्टको झोला बोकेर पालो कतिबेला आउला भनेर आँखा डुलाइरहेका थिए भने कोही औषधि किन्ने लाममा थिए ।

अस्पतालको पहिलो तल्ला। रुम नं १०२। ढोकामा लेखिएको छ ( भिजिटर्स वेटिङ रुम। त्यहाँ बिरामीका आफन्तहरु रिपोर्टको व्यग्र प्रतिक्षामा छन्। त्यही भीडमा थिए प्रकृति चन्दका काका र काकी। भतिजीको उपचारका लागि आएका उनीहरुको मुहारमा त्यो निराशापन झल्किएको थियो। उनीहरुसँगको कुराकानीका क्रममारातो कुर्ता सुरुवालमा सजिएकी एक महिला आइपुगिन्। अनुहारमा पीडा, हतास र संशयसहित उनी हातिरिँदै प्रकृतिका काका र काकी नजिकै आइन्। आइतबार कोहलपुर एनटिभी रोडकी १२ वर्षीया प्रकृति चन्दलाई विद्यालय जाने क्रममा ट्रकले ठक्कर दिएको थियो। रिपोर्टिङको क्रममा पुग्दा आइसीयूमा राखिएकी उनलाईशल्यक्रिया कक्षलगिएको थियो। विद्यालय हिँडेकी छात्रा अहिले अस्पताल भर्ना हुन पुगेकी छन्। आफूलाई के हुँदैछ भन्नेमा उनी स्वयंम अनभिज्ञ छिन्।

ुत्यो भयावह दुर्घटना नभएको भए अहिले प्रकृति साथीहरुसँग रमाइरहेकी हुन्थिन् होला, आफ्नो गृहकार्य गरिरहेकी हुन्थिन् होला। कक्षामा सधैँ झै अनुशासित भएर पढिरेहेकी हुन्थिन् होला, प्रकृतिका काकाले भने। जब बत्तिएको ट्रकले उनलाई सोहेरेर लग्यो, त्यसयता उनी अस्पतालको बेडमा हल न चल लडिरहेकी छन्। यो दर्दनाक घटनाले उनलाई मात्र होइन उनको सपना पनि सोहोरेर लगेको छ, खुसी खोसेको छ। साधाझैँ उनी आइतबार दुई चुल्ठी बाटेर निलो आकासे सर्ट र गाढा नीलो स्कर्टमा विद्यालय हिँडेकी थिइन् प्रकृति। प्रकृतिको घर विद्यालयबाट करिब डेढ किलोमिटरको दूरीमा पर्छ। उनी कहिले लोकल बस त कहिले साइकल कुदाउँदै अनि कहिले बुवाको बाइकमा चढेर विद्यालय आउजाउ गर्छिन्। बाँकेको कोहलपुरस्थित त्रिभुवन नमुना माध्यमिक विद्यालयमा ७ कक्षामा अध्ययनरत प्रकृतिलाई आइतबार भने बुवा नगेन्द्रबहादुरले स्कुटीमा विद्यालयसम्म छोडिदिने भए।

आफैं साइकल चलाएर जाँदा पनि उनी कहिल्यै दुर्घटनामा परेकी थिइनन्। आइतबार उनको जीवनको कालो दिन बन्न पुग्यो। जब उनी स्कुटीबाट ओर्लेर विद्यालयको गेटतर्फ बढ्न मात्र के लागेकी थिइन् ट्रकले उनको खुट्टा किच्यो। त्यो असह्य पीडामा प्रकृति कति छटपटाइन् कति चिच्याइन् होला सायद उनलाई सम्झना छैन। त्यो एक सेकेन्ड ट्रकको गल्तीले ती कलिली बालिकाको खुट्टा चुँडायो। त्यति मात्र गरेन, ब्याक गरेर फेरि उनलाई लतार्‍यो।दुर्घटना हुने बित्तिकै उनलाई दशबिगाहास्थित कोहलपुर शिक्षण अस्पताल लगियो। आमा भगवती भन्छिन्, ‘अस्पताल लग्दा नानीको धेरै रगत बगिसकेको रहेछ, अक्सिजन र रगत चढाइयो। त्यसपछि थप उपचारका लागि काठमाडौं पठाइयो।’

भगवतीका अनुसार सेनाको हेलिकप्टरबाट प्रकृतिलाई हिजो साढे ५ मा काठमाडौँ ल्याइ पुर्‍याएको थियो। सदाझैँ हाँसीखुसी घरबाट बिदा भएर चिटिक्क परेर स्कुल गएकी छोरीको यो अवस्था देखेर कुन आमाको मन नभक्कानिएला ररु हामीसँग कुराकानी गर्दै गर्दा भगवती सकभर आफ्नो पीडा दबाउन खोज्थिन्। एकछिनमा उनी टोलाउँथिन्, एकैछिनमा भावुक बनिहाल्थिन्। कुराकानीका क्रममा आफन्तहरुको तारन्तार फोन आइरहेको थियो। सबैले एउटै प्रश्न गर्थे, छोरीलाई कस्तो छरुु घरकी कान्छी छोरीको भविष्यको चिन्ताले उनको मन पोलिरहेको छ तर पनि उनले आफ्नो मनलाई सान्तवना दिन छाडेकी छैनन् धन्न ज्यान जोगियो, भगवतीले प्रकृतिले होसमा आएपछि मम्मी मलाई के भएकोरु कसरी भयोरु किन भयोरु बुबालाई कस्तो छ भनेर हालखबर सोधेकी बताउँछिन्। उसले बारम्बार मम्मी अब ठिक भइसकेँ। मेरो स्कुल छुटिरहेको छ भनिरहेकी छ, कहिले स्कुल जाने मात्र भनिरहेकी छ तर यथार्थ कुरा भन्न सकिरहेकी छैन, भगवती भन्छिन्, हामी आफन्त तथा डाक्टरहरुले उसको खुट्टा काटिएको बारे भनेका छैनौं, जब थाहा पाउँछे होला अनि कसरी सम्हाल्ने भन्ने पीरलो रहेको छ मनमा।

ुमुटुमाथि ढुंगा राखेर भन्ने गरेकी छु की तिम्रो बुबा मम्मी रहुन्जेल केही हुन दिन्नौँ भनेर, भगवती गह्रौँ गरी बोल्छिन्।
३ जना दिदीबहिनी र एकजना सानो भाइ छन् प्रकृतिका। प्रकृति कान्छी छोरी। प्रकृतिका बुबाआमा कोहलपुरमा खाजा पसल चलाउँछन्। आमा भगवतीका अनुसार कक्षाको अब्बल विद्यार्थी हुन् प्रकृति। सबैले सहयोग तथा हौसला दिए उसको मुहारमा पक्कै पनि हाँसो फर्किनेछ होला,ु भगवती दृढ हुँदै भन्छिन्, ‘आफ्ना खुट्टाले ठमठमी हिँड्न नसकेपनि कुर्सीमा बसेर भएपनि केही गर्न सक्ने क्षमता छ उनको। सबैको साथ पाएपछि उसले देखेको सपना पुरा गर्छे भन्नेमा हामीलाई विश्वास छ। उनलाई परिवारले उनलाई प्लास्टिकको खुट्टा हालिदिने सोचेका छन्। भगवती भन्छिन्, पढाइमा रुचि राख्ने मान्छे हो केही बनेर पक्कै देखाउँछे। भगवतीले अझै पनि गाडीवालाबाट कुनै सहयोग नपाएकोमा दुखेसो पोखिन्। बच्चालाई यतिसम्म भइसक्यो एकचोटी त्यताबाट बुझ्न आएका छैनन्। कोहलपुर नगरपालिकाले हेलिकप्टरबाट काठमाडौँ आउन र विद्यालयले भने १ लाख रकम सहयोग गरेको उनले बताइन्। त्यो दर्दनाक दुर्घटनाले प्रकृतिको गुमेको खुट्टा त फर्केर आउने छैन तर उनमा आत्मविश्वास र आत्मबल गुम्न नदिनको लागि बलियो भएर बसेका छन् प्रकृतिको परिवार। विशेषगरी उनकी आमा।

जब उनले आफ्नो खुट्टा गुमाएको थाहा पाउलिन् त्यो क्षण कस्तो होलारु उनले आफूले कसरी स्वीकार गर्लिन्रु मानसिक आघातबाट गुज्रिरहेकी उनी फेरि कहिल्यै सुरक्षित तरिकाले विद्यालय जान पाउलिन्रु एक दिनमा नै उनको जीवन कायापलट भएको छ। के फेरि प्रकृतिको जीवनमा पालुवा पलाउला त ?

कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम