Logo

सार्कमा पुनर्जीवन जरुरी



काठमाडौँ, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क को अवरुद्ध सम्मेलनलाई आयोजना गर्दै यो संगठनलाई जतिसक्दो चाँडो पुनर्जीवन दिनुपर्ने बताएका छन् ।

सार्क स्थापनाको ३५ औं वार्षिकोत्सव अवसरमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले सार्कको संस्थापक एवं वर्तमान अध्यक्षका नाताले दक्षिण एसियाली जनताका साझा सपना साकार पार्नमा सदस्य राष्टसँग निरन्तर संवाद र सहकार्यमा नेपाल लागिपर्ने बताएका छन्। यसैगरी सार्क वडापत्र जारी भएको ३५ वर्ष पुगेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘सार्कमा धेरै प्रगति भएपनि गर्न बाँकी काम उतिकै बाँकी रहेको’ बताएका छन्। भारत–पाकिस्तान विवादकै कारण ५ वर्षयता सार्क शिखर बैठक हुन नसकिरहेका सन्दर्भमा भारतीय प्रधानमन्त्री मोदीले कुनै मुलुकको नाम उल्लेख नगरी ‘आतंकवादी गतिविधिका कारण सार्कको बृहत सहकार्यमा बाधा परिरहेको’ बताएका छन्।

सार्क क्षेत्रका सबै मुलुकले आतंकवादलाई परास्त गर्न प्रभावशाली कदम चाल्नुपर्ने बताउँदै प्रधानमन्त्री मोदीले ‘दह्रिलो सार्क बन्नका लागि आपसी विश्वास र आत्मविश्वास जरुरी रहने’ उल्लेख गरेका छन्। सन् २०१६ को अन्त्यमा पाकिस्तानको इश्लामाबादमा हुन लागेको १९ औं सार्क शिखर सेप्टेम्बर महिनामा जम्बु–कश्मीर राज्यमा पर्ने उरी क्षेत्रमा पाकिस्तानी आतंकवाादी हमला भएपछि सार्क प्रकृया अवरुद्ध बनेको हो।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्