Logo

हेलिकप्टरको निषेधित क्षेत्र हटाउन सुझाव



काठमाडौं । वायुसेवा सञ्चालकहरुले भ्रमण बर्षभर नेपालका निषेधित क्षेत्रमा पनि हेलिकप्टर उडान गर्न दिनुपर्ने सुझाव दिएका छन् । सोमबार संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र वायुसेवा सञ्चालक सघंबीच भएको छलफलमा भ्रमण बर्षलाई सफल बनाउन हेलिकप्टरको निषेधित व्यवस्था हटाउन उनीहरुले सुझाव दिएका हुन् ।

अहिले नेपालको उत्तरी सिमाना जोडिएको ताप्लेजुङलगायत १३ जिल्लाका विभिन्न ७३ क्षेत्र निषेधित तोएिको छ । त्यस क्षेत्रमा उडान गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण९क्यान०को सिफारिसका लागि ७ दिन अगावै निवेदन दिनुपर्ने , पर्यटन मन्त्रालयको सिफारिस, सम्वन्धित जिल्ला प्रशासनको अनुमति, गृह मन्त्रालयको अनुमतिपश्चात, क्यानको शुल्क सहितको अनुमति पाइने व्यवस्था ज्यादै झण्झटिलो र वढी समय लाग्छ लाग्ने व्यवसायीहरुको भनाई छ ।

पर्यटकलाई अग्रीम रुपमा सेवाको ग्यारेण्टी गर्ने नसकिने भएकोले सो व्यवस्था खारेज हुनु पर्ने उनीहरुले माग राखेका छन् । त्यस्तै अहिले लुक्ला उडान रामेछाप विमानस्थलबाट गर्दा पर्यटकहरुले धेरै सास्ती व्यहोर्नु परेकोले त्यहाँको भौतिक पूर्वाधार विकास नभएसम्म काठमाडौंबाटै सिधा उडानको व्यवस्थाका गर्न व्यवसायीहरुले माग गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्