Logo

फास्टट्र्याक सुरुङ चार वर्षमा सक्ने



काठमाडौं, मंसिर २४ । काठमाडौं–तराई द्रूतमार्ग निर्माण तीव्र गतिमा चलिरहेको छ । २०८१ वैशाखमा सम्पन्न गर्ने लक्ष्यसहित द्रूतमार्गमा काम अघि बढिरहेको सेनाले जनाएको हो ।

द्रूतमार्ग आयोजनाबारे जानकारी दिन भद्रकालीस्थित जंगी अड्डामा सोमबार आयोजित पत्रकार सम्मेलनमा द्रूतमार्ग आयोजना प्रमुख प्राविधिक सहायकरथी शरदलाल श्रेष्ठले २०८१ वैशाखसम्ममा सम्पन्न हुने जानकारी दिए । उनका अनुसार सो मार्गमा सबैभन्दा जटिल काम सुरुङ निर्माण रहेको छ । चार वर्षभित्र सुरुङ बनिसक्दा सबै काम सकिने छ ।

‘यो आयोजनको जटिल काम भनेकै सुरुङ निर्माण हो, दुबै तर्फबाट गरी सुरुङको काम चार वर्षभित्र सक्ने लक्ष्य छ,’ आयोजना प्रमुख श्रेष्ठले पत्रकारसम्मेलनमा भने, ‘सुरुङ बनिसक्दा अरु सबै निर्माण काम पनि सकिने छ ।’राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्