Logo

विद्यार्थी परिषद्को आज स्थापना दिवस, एकसाथ २५ स्थानमा रक्तदान हुँदै



मोहन श्रेष्ठ। काठमाडौँ, २४ मंसिर । मंसिर २४ प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको स्थापना दिवस । विद्यार्थी परिषद् आजबाट २५ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको २५ वर्ष (रजत जयन्ती) को अवसर पारेर देशको मुख्य २५ ओटा केन्द्रहरूमा विद्यार्थी परिषद्ले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान हुने केन्द्रहरूमा धनकुट्टा, विराटनगर, जनकपुर , बर्दिवास, बीरगञ्ज, जारायणगढ, काठमाडौ, ललितपुर, त्रिभुवन विश्वविद्यालय, दमौली, पोखरा, कुष्मा, गौडाकोट, कावासोती, बुटवल, भैरहवा, पाल्पा, घोराही, तुलसीपुर, सुर्खेत, जुम्ला, धनगढी, अत्तरिया, महेन्द्रनगर, डडेल्धुरा रहेका छन् ।

२५ वर्षे इतिहासमा विद्यार्थी परिषद्ले कयौ पटक रक्तदान कार्यक्रम सम्पन्न गरिसकेको छ । देशमा रगतकोे अभाव हुदाको अवस्थालाई मध्यनजर गरेर विद्यार्थी परिषद्ले रक्तदान कार्यक्रमको आयोजना गर्ने गर्दै आइरहेको छ । आज विहान ८ बजेदेखी रक्तदान कार्य शुरू गरिएको परिषद्ले जनाएको छ । एकैसाथ २५ औं स्थानमा रक्तदान गरेर विद्यार्थी परिषद्ले स्थापना दिवस (रजत जयन्ती) मनाउने निर्णय गत दाङमा सम्पन्न केन्द्रीय कार्यकारिणी समितिले गरेको थियो । विद्यार्थी परिषद्ले देशको शैक्षिक क्षेत्र सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । दलगत राजनीति भन्दा माथि रहेर देश र जनताको हितका लागि विद्यार्थी परिषद्ले काम गर्दै आइरहेको परिषद्का राष्ट्रिय महासचिव सुरेन्द्र प्रसाद भट्टले बताएका छन् । देशको एक मात्र स्वतन्त्र विद्यार्थी संगठनका रूपमा परिचय स्थापित गरेको उनले बताएका छन् ।

नेपाली माटो सुहाउँदो शिक्षा, नैतिक शिक्षा, नेपाली बीर पुर्खाको विचार र स्वाभिमानलाई संगठनले अप्नाउदै आएको छ । परिषद्ले स्थापनाको २५ औंँ वर्षसम्म आईपुग्दा देशको ७७ वेटै जिल्लामा परिषद् कार्यको विस्तार गरिसकेको साथै परिषद्को विचारलाई देशभरी नै पु¥याइसकेको परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले जानकारी गराएका छन् ।



प्रतिक्रिया दिनुहोस्