Logo

घुस खाने एउटा, गाली खाने अर्काे



काठमाडौं, २४ मंसिर । यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पाले दुर्घटनामा ज्यान गुमाउँदा नेपाल पर्वतारोहण संघका अध्यक्ष रहेका आङछिरिङ शेर्पालाई धेरैले श्रद्धाञ्जली दिए । नाम र कार्यक्षेत्र एउटै हुँदा यस्तो अवस्था आएको थियो ।

मिलेकै कारण एक उपसचिवले अहिले घुस्याहा भन्दै गाली खाइरहेका छन् । अभद्र व्यवहार मुद्दाका आरोपीसँग घुस खाएको आरोपमा दोलखाका सीडीओ खगेन्द्रप्रसाद रिजालले घुस खाएको बिषय बाहिर आयो । उनलाई सरुवा गरेर गृह मन्त्रालयले छानबिन थालेको छ । तर, यतिबेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत उपसचिव खगेन्द्र रिजालले तनाव झेलिरहेका छन् । किनकि दुवै जनाको नाम र थर एकै र दुवैको पद पनि उपसचिव । आफन्तहरुले फोन गरेर तनाव दिएपछि प्रधानमन्त्री कार्यालयमा कार्यरत उपसचिव रिजालले फेसबुकबाटै स्पष्टीकरण दिनुपरेको छ ।

यस्तो समस्या उनीहरुले विगतमा पनि झेलिरहेका छन् । एउटाको बढुवा हुँदा अर्काेले बधाई पाउने गरेका थिए । अहिले एउटाले घुस खाँदा अर्काेले गाली खानुपरेको छ । प्रधानमन्त्री कार्यालयका रिजाल दैलेखका हुन् भने घुस खाएको आरोप लागेका खगेन्द्र गोरखाका हुन् ।

घुस खाने रिजाल विगतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सहायक प्रवक्ता थिए । लोकमानसिंह कार्कीका विश्वासपात्र । त्यसबेला कार्की गिरोहसँग मिलेर उनले मोटो रकम कमाएको चर्चा आयोगमा छ । उनी कति भ्रष्ट छन् भने दोलखाकै घटनाबाट प्रष्ट भइसकेको छ । निजामती कर्मचारीलाई समेत धम्काएर उनले पैसा असुल्ने गर्दथे । गाउँका सोझा सर्वसाधारणलाई तर्साएर पैसा उठाएपछि पाप धुरीबाट कराएको छ । सीडीओ जस्तो व्यक्तिले यसरी धम्काएर घुस असुल्दा पनि सरुवा बाहेक उनीविरुद्ध थप अनुसन्धान र कारबाही हुनसकेको छैन । आफ्नै पूर्व आयुक्तलाई मुद्दा चलाउने अख्तियारले आफ्नै पूर्व सहायक प्रवक्तालाई छानबिनमा तान्न चासो दिएको छैन ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्