Logo

पर्यटक पुग्दा ज्वालामुखीे टापुमा बिस्फोट भएपछि…(भिडियोसहित)



काठमाण्डौँ २४ मंसिर । न्युजिल्याण्डमा ज्वालामुखी बिस्फोट भएको छ । न्युजिल्याण्डको ह्वाइट आइसल्याण्डमा रहेको ज्वालामुखी सोमबार बिस्फोट भएको हो ।
ज्वालामुखी बिस्फोट हुँदा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ साथै आठ जना वेपत्ता भएको जनाइएको छ ।

सो क्षेत्र पर्यटकिय स्थल रहेको कारण ज्यान गुमाउने पयर्टकहरु रहेको जनाइएको छ । सो क्षेत्रबाट ३४ जना पर्यटकको उद्धार गरिएको छ । ३१ जनाको अस्पतालमा उपचार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ज्यान गुमाउने पाँच जना मध्ये तीन जना अष्ट्रेलियन रहेकोमा आष्ट्रेलियायी प्रधानमन्त्री स्टोक मोरिसनले चिन्ता व्यक्त गरेका छन् । न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले मंगलबार पत्रकार सम्मेलन गरी घटनाप्रति चिन्ता व्यक्त गर्दै ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली तथा परिवारलाई समवेदना व्यक्त गरकी छिन् । बेपत्ताहरुको खोजी जारी रहेको जनाइएको छ । Photo Source : Daily Express

 



प्रतिक्रिया दिनुहोस्