Logo

वामदेव गौतमले प्रधानमन्त्री ओलीलाई धोका दिएको खुलासा



काठमाडौं, २४ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रस्तावित उपाध्यक्ष तथा सचिवालय सदस्य बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धोका दिएको खुलासा भएको छ । मंसिर १४ गतेको उपनिर्वाचनमा वामदेवले काँस्की क्षेत्र नम्बर २ बाट उम्मेद्धवार बन्न आफू तयार रहेको कुरा प्रधानमन्त्री ओलीलाई बताएका थिए । उपनिर्वाचनको लागि काँस्की क्षेत्र नम्बर २ मा अहिलेकी निर्वाचित नेतृ विद्या भट्टराईको नाम तय हुनुभन्दा अघि नै वामदेवलाई उम्मेद्धवार बनाउनेबारे ओलीले छलफल गरेका थिए ।

स्रोतकाअनुसार ओलीले नेता गौतमलाई बालुवाटारमा बोलाएर काँस्कीबाट चुनाव लड्न आग्रह गरेका थिए । बालुवाटारको उक्त भेटमा नेता गौतमले आफू चुनाव लड्न तयार भएको आश्वासन दिँदै बालुवाटारबाट बाहिरिएका थिए । तर, त्यही रात घर पुग्ने बित्तिकै नेता गौतमले आफू चुनाव नलड्ने स्थानीय नेतालाई नै मौका दिनुपर्ने भन्दै आफ्नो फेशबुकमा स्टाटस लेख्दै जानकारी गराएका थिए ।

ओलीले आफूपछि सरकारको नेतृत्व गर्नको तयार रहन आग्रह गर्दै प्रतिनिधिसभाको निर्वाचन लड्न आग्रह गरेका थिए । तर, नेता गौतमलाई ओलीकोभन्दा पनि अर्का अध्यक्ष पुष्कमल दाहालको असहयोगको डर हाबी भएको थियो । नेकपानिकट उच्च स्रोतले भन्यो,‘दुई अध्यक्षबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको बेलामा ओलीले प्रचण्डलाई कुनैपनि हालतमा सरकारको नेतृत्व नसुम्पिने बरु वामदेव कमरेडलाई नै बनाउने भएपछि प्रचण्डले चुनावमा अहसयोग गर्ने डरले वामदेव कमरेड चुनाव नलड्नुभएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot