Logo

प्रधानमन्त्री ओलीको घाउ निको हुन समय लाग्ने, मिर्गौला प्रत्यारोपण नेपालमै गरिने



काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेण्डिसाईटिसको शल्यक्रिया भएपछि उनी यतिवेला आराम गरिरहेका छन् । अस्पतालबाट डिस्चार्ज भएपछि प्रधानमन्त्रीले हिजो साँझ मन्त्रिपरिषद बैठक राखेका थिए । त्यसभन्दा अघि उनी सार्वजनिक कार्यक्रम र बाक्लो भेटवार्तामा सहभागी भएका छैनन् । एपेण्डिसाईटिसको शल्यक्रियापछि उनको पेटको घाउ अझै पूर्ण रुपमा निको भएको छैन् । प्रधानमन्त्री ओलीका निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहले पनि प्रधानमन्त्रीको शल्यक्रिया गरेको ठाउँको घाउ निको हुन केही समय लाग्ने बताएकी थिईन् ।

प्रधानमन्त्रीको स्वास्थ्य अहिले तिव्र रुपमा सुध्रिएको छ । नियमित काममा सक्रिय रुपमा सहभागी हुन भने उनलाई अझै केही समय लाग्ने बुझिएको छ । पछिल्लो समय ओली मिर्गौलाको हेमोडायलासिस गराईरहेका छन् । १२ वर्षअघि उनको मिर्गौलाको प्रत्यारोपण गरिएको थियो । अहिलेपनि उनको मिर्गौलाको पूनः प्रत्यारोपण गरिने तयारी भएको छ । उनको चाहना नेपालमै प्रत्यारोण गराउने रहेको छ ।

विदेशमा प्रत्यारोपण गर्दा नियमित फलो–अप गर्नुपर्ने, महिनौंसम्म विदेशमा बस्नुपर्ने बाध्यता भएकोले प्रधानमन्त्रीले स्वदेशमै प्रत्यारोण गर्न चाहेका छन् । उनको उपचारमा संलग्न चिकित्सकहरुले पनि नेपालमै प्रत्यारोपण गर्न सल्लाह र सुझाव दिएका छन् । देशको पछिल्लो परिस्थिति जटिल रहेकोले ओलीले नेपालमै प्रत्यारोपण गराउन चाहेका छन् । नेपालमा पनि सक्षम र योग्य चिकित्सक रहेकोले उनलाई नेपालको उपचार पद्धतीमा विश्वास छ ।,



प्रतिक्रिया दिनुहोस्