Logo

आज अन्तर्राष्ट्रिय मानवअधिकार दिवस : काठमाडौंमा प्रभातफेरीको आयोजना (फोटोफिचर)



काठमाडौं, २४ मंसिर । राष्ट्रिय मानवअधिकार आयोगको नेतृत्वमा आज काठमाडौंमा प्रभातफेरीको आयोजना गरिएको छ । आयोगका अध्यक्ष अनुपराज शर्मालगायत मानवअधिकारकर्मीहरु प्रभातफेरीमा सहभागी भएका थिए । प्रभातफेरीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै आयोगका अध्यक्ष शर्माले यो कस्तो गणतन्त्री हो ? भन्दै उनले आफू आजकल रनभुल्लमा परेको बताएका थिए ।

उनले आयोगको सबै तथ्यांक हेर्दा नेपालमा दण्डहिनता र अपराध बढेको पनि सुनाए । उनले प्रश्न गरे, ‘मलाई आश्चर्य लाग्छ कहिलेकाहिँ कि लोकतान्त्रिक संविधान पनि बन्यो, त्यस अन्तरगत निर्वाचन पनि भयो, हामीले नै चुनेको सरकार आयो, तर सरकार किन निस्पृह भएर बसेको छ ?’

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्