Logo

संसदको हिउँदे अधिवेशन पुस ४ गते बोलाउन सरकारको सिफारिश



काठमाडौं, २४ मंसिर । सरकारले संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको हिउँदे अधिवेशन आगामी पुस ४ गते बोलाउनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिश गरेको छ ।

हिजो (सोमबार) बसेको मन्त्रीपरिषदको बैठकले राष्ट्रपति भण्डारीसमक्ष यस्तो सिफारिश गरेको हो । सरकारले गरेको सिफारिसका आधारमा राष्ट्रपतिले संसदको अधिवशेन बोलाउने संवैधानिक व्यवस्था छ । आगामी हिउँदे अधिवेशनमा प्रतिनिधिसभाको पहिलो कार्यसूची सभामुखको निर्वाचन रहेको छ ।



प्रतिक्रिया दिनुहोस्