Logo

एडिबीले नेपाल सरकारलाई ३५ करोड ८० लाख डलर सहयोग गर्यो (तस्विरसहित)



काठमाडौं, २४ मंसिर । एसियाली विकास बैंकले नेपाल सरकारलाई ३५ करोड ८० लाख (३५८ मिलियन) ऋण सहयोग गरेको छ। विभिन्न ४ ओटा परियोजनाको लागि एसियाली विकास बैंकले ऋण सहयोग गरेको हो। मंगलबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्रालयका सचिव राजन खनाल र नेपालको लागि कन्ट्री डाइरेक्टर मुख्टोर खमुदखनोबले हस्ताक्षर गरेका हुन् ।

उक्त बैंकले पोखरा–मुग्लिन सडकखण्ड मर्मतको लागि १ करोड ९५ लाख (१९५ मिलियन), बाग्मती नदीमा बाढी नियन्त्रण र सरसफाईको लागि ६३ लाख (६३ मिलियन), साना किसानको आय स्रोत र जिवनस्तर उकास्न ५० लाख (५० मिलियन) र खाद्य सुरक्षा र कृषिस्तर उन्नतीको लागि (५० लाख) ५० मिलियन ऋण दिएको हो।

नेपालको आर्थिक, भौतिक पूर्वाधार, कृषी, ग्रामिण विकास लगायतको क्षेत्रमा सहयोग गरेकोमा यी क्षेत्र आर्थिक विकाशको लागि निकै महत्वपुर्ण रहेको सचिव राजन खनालले बताए। तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्