Logo

सागमा नेपाललाई ५० स्वर्ण



काठमाण्डौँ, २४ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत नेपालले आफ्नो स्वर्ण संख्या ५० पुर्याउन सफल भएको छ ।

नेपालको लागि ५० औँ स्वर्ण बक्सिङ खेलाडी सनिल शाहीले दिलाएका हुन् । उनले मंगलबार पुरुषतर्फको ६० केजी तौल समूहमा स्वर्ण जितेका हुन् ।

शाहीले भारतको भिरेन्दर सिंहलाई पराजित गर्दै स्वर्ण जितेको हुन् । नेपालले ५० स्वर्ण जित्ने लक्ष्य राखेको थियो सो लक्ष्य सागको अन्तिम दिनमा पूरा भएको छ ।



प्रतिक्रिया दिनुहोस्